संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । बैठक अघि प्रतिपक्ष दलको बैठक बसिरहेको छ भने सभामुखले सचेतकहरुसँग छलफल आयोजना गरेका छन । प्रतिनिधि सभा बैठक केही बेरपछि बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । आजको प्रतिनिधि सभा बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।  यस्तै  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेसँगै संसद बैठक आज सहजरुपले चल्ने अपेक्षा गरिएको छ । 
 

प्रतिक्रिया