तराइमा तापक्रम ४० डिग्रीभन्दा माथि,  ‘लू’ चल्न थाल्यो

तराईका जिल्लाहरुमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेसँगै ‘लू’ चल्न थालेको छ । मुख्य गरी लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका धेरैजसो ठाउँमा तापक्रम ४० डिग्री नाघेको छ । धनगढी, नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियभन्दा माथी पुगेको मौसम महाशाखाले जनाएको छ । तराई मधेशका जिल्लामा तातो हावाको लहर अझै केही दिन चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गर्मी बढेसँगै तराई मधेशको जनजीवन कष्टकर बनेको छ । गर्मीका कारण घर बाहिर निस्कनै समस्या भएको छ । गर्मीका कारण ज्वरो, झाडापखाला लगायतका विरामी अस्पतालहरुमा बढेका छन । गर्मीले शरीरलाई हानी गर्ने भएकोले सावधानी अपनाउनुपर्ने चिकित्सकहरुको भनाइ छ । लु को असर देखिएपनि तराइका जिल्लाहरुमा पूर्वतयारीका काम हुन सकेका छैनन ।
 

प्रतिक्रिया