आफुले उत्पादन गरेको तरकारीले बजार नपाएको किसानको गुनासो

नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो तरकारी उत्पादक किसान स)घ नेपालले गरेको छ । किसानले दुःख कष्ट गरेर तरकारी उत्पादन गरेका हुन्छन् तर आफ्नै बजारमा ठाउँ नपाएको संघको भनाइ छ । नेपाली किसानले उत्पादन गरेको तरकारी कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रवेश नपाएको किसानको भनाइ छ । भारतको तरकारीले बजार ओगटेको छ भने नेपाली किसानको तरकारी सडकमा फ्यालिएको संघले जनाएको छ । नेपालको तरकारी बजारमा किसानले उत्पादन गरेको तरकारी निर्बाध रूपमा प्रवेश पाउनुपर्ने र त्यसको व्यवस्था कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गर्नुपर्ने किसानको माग छ । कालीमाटी बजारमा ५१ प्रतिशत किसानले प्रत्यक्ष सहभागी हुन पाउनु पर्छ भने ५० प्रतिशत स्टल किसानले पाउनुपर्ने माग पनि अघि सारेका छन । 
 

प्रतिक्रिया