कांग्रेसको अबरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । हिजो पनि कांग्रेसले राष्ट्रियसभाको बैठक अवरोध गरेको थियो। कांग्रेसको अवरोधपछि अध्यक्ष नारायण दाहालले आइतबार दिउँसो १ः१५ मिनेटमा बस्नेगरी स्थगित गरेका छन्।

प्रतिक्रिया