प्रधानमन्त्री दाहाल, गृहमन्त्री लामिछाने र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

सदनको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल  एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको  भेटवार्ता सकिएको छ ।  वार्ता सकिए पनि विपक्षी दलले समय मागेपछि सभामुख दलका प्रमुख सचेतकसँग छलफलमा जुटेका छन्। हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेलको स्थिति भएको थियो। कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटम लाइन बनाएको छ । तर, सहकारी प्रकरणले हिजोको धकेलाधकेलपछि स्थिति बनेपछि सत्ता र प्रतिपक्ष दलबीच सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ ।।

प्रतिक्रिया