विधिसम्मत न्याय प्रणालीबाट नै देशमा सुशासन र अमन चयन कायम हुन्छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार भएको बताएका छन् । काठमाडौंमा शुक्रवारबाट शुरु भएको १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले विधिसम्मत न्याय प्रणालीबाट नै देशमा सुशासन र अमन चयन कायम हुने कुरालाई बिर्सिन नहुने बताए । उनले े सच्चा न्यायका लागि स्वतन्त्रताको आवश्यक हुने र सुरक्षाको ख्याल नेपाल बारले पनि राख्नुपर्ने बताए । 
राष्ट्रपति पौडेलले विधिको पूर्ण पालनाबाट न्यायपूर्ण ऋतिस्थिति बसाल्न कानून व्यवसायीहरुको अग्रणी भुमिका हुने बताए । 
 

प्रतिक्रिया