न्याय प्रणालीको विकासका लागि संवद्ध सबै पक्षका प्रयासहरु केन्द्रित हुनपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशंकाहरुको निवारण तथा भरोसायोग्य न्याय प्रणालीको विकासका लागि संवद्ध सबै पक्षका प्रयासहरु केन्द्रित हुनुपर्ने बताएका छन् । शुक्रवारबाट काठमाडौंमा शुरु भएको कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले विशेष गरी आम नागरिकहरु विश्वस्त हुनसक्ने वातावरण निर्माण गर्ने ठोस र नतिजामुलक कार्य सम्पादन अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे । अदालत र बार एशोसिएशन तथा न्यायाधिश र कानून व्यवसायीहरुको भुमिका केही फरक रहेपनि सबैको लक्ष्य वा गन्तव्य न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति रहेको औल्याउँदै उनले  आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने बताए । 
त्यस अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र न्यायपालिकाको मान्यतालाई अक्षुण्ड राख्दै संविधानले परिकल्पना गरेको न्यायपालिकाको भुमिकालाई सशक्त बनाउन नेपाल बारले खेलेको भुमिका महत्वपूर्ण रहेको बताए । 

प्रतिक्रिया