संवैधानिक आयोगहरुमा सचिव स्तरका कर्मचारी पठाउन सक्ने अवस्था छैन: मन्त्री जोशी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संवैधानिक आयोगहरुमा सचिव स्तरका कर्मचारी पठाउन सक्ने अवस्था नभएको बताएका छन् । बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा विभिन्न आयोगका पदाधिकारीहरुसँग भएको छलफलमा मन्त्री जोशीले संवैधानिक आयोगहरुमा कर्मचारी अभावको कारण सह–सचिवहरुलाई सचिवको जिम्मेवारी दिने गरेको बताए । उनले सह–सचिवहरुलाई समेत काम दिन नसक्ने आयोगहरुमा सचिवलाई पठाएर टिकाउन नसक्ने उल्लेख गरे । 
मन्त्री जोशीले सरकारले संवैधानिक आयोगहरुमा छुट्टै विशेष ढङ्गले सोच्न आवश्यक रहेको बताए । उनले निजामति कर्मचारी ऐन संसदबाट कानून बनेर आएसँगै आयोगहरुमा अभाव रहेका कर्मचारीहरु व्यवस्थापन गर्ने प्रतिवद्धता समेत जनाए । 


 

प्रतिक्रिया