संसदभित्र अप्रिय स्थिति सिर्जनाको जिम्मेवारी सभामुखले लिनपर्छ: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसदमा जबर्जस्ति कार्यसूचि प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गराएको आरोप लगाएका हुन् । महामन्त्री थापाले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर उनीहरुको निर्देशन अनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडी बढेको बताए ।  
महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठानेको भन्दै काँग्रेसका सांसदहरुलाई त्यस्तो नगर्न चेतावनी दिए । उनले सभामुखले जबर्जस्त बैठक अगाडी बढाएपछि काँग्रेसका सांसदहरुले बिरोध गरेको भन्दै एमाले अध्य ओलीले काँग्रेसका सांसदहरुलाई निर्देशन दिन खोजेको बताए । 
महामन्त्री थापाले सरकारले जसको फाइल खोले पनि हुने बताए । उनले सरकारमा बसेका मन्त्रीहरुले यसको र उसको फाइल खोल्छौँ भनेर अभिव्यक्ति दिइरहेको भन्दै काम गरेर देखाउन आग्रह गरे । उनले सबै फाइल खोले पनि काँग्रेस त्यसको लागि तयार रहेको स्पष्ट पारे । महामन्त्री थापाले संसदीय छानविन समिति अनिवार्य शर्त भएको भन्दै समिति नबनेसम्म संसदमा सरकारी काम, कारबाही अगाडी बढ्न नदिने बताए । 

प्रतिक्रिया