प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी जेठ ७ गते संसदबाट विश्वासको मत लिने भएका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिएपछि  प्रधानमन्त्री दाहलले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। आफ्नो दल विभाजन भएपछि जसपाले ३१ वैशाखमा सरकार छाडेको थियो। उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।  प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइ सकेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट संघीय संसद सचिवालयमा प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन पत्र आएको सभामुख घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए। प्रधानमन्त्री नियुक्त भएपछि दाहालले चौथोपटक विश्वासको मत लिने तयारी गरेका हुन् । यता जेठ सातमा प्रधानमन्त्रीले विश्वासको मत नपाउने र ७ पछि नयाँ सरकारका लाागि राष्ट्रपतिबाट आह्वान हुने सत्ता घटककै केहि नेताले दाबी गरेको छन् । 

प्रतिक्रिया