भारतमा तातो लहरको चेतावनी,  तापक्रम ३–४ डिग्री सेल्सियसले वृद्धि हुने अनुमान

भारतीय मौसम विज्ञान विभागले बिहीवार उत्तरपश्चिम भारतको लागि तातो लहरको चेतावनी जारी गरेको छ । जसमा राष्ट्रिय राजधानी क्षेत्र समावेश छ । आगामी चार दिनमा उत्तरपश्चिम र पूर्वी भारतमा अधिकतम दैनिक तापक्रममा ३–४ डिग्री सेल्सियसले वृद्धि हुने अनुमान गरिएको छ  । दिल्ली राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) ले पहिले नै लगभग ४० डिग्री सेल्सियसको तापक्रम सहन गरिरहेको छ । तर गर्मी शनिवार सम्म ४५ डिग्रीमा पुग्ने हुने अपेक्षा गरिएको छ । आईएमडीले पश्चिमी राजस्थान, पश्चिमी उत्तर प्रदेश, पञ्जाव र दक्षिणी हरियाणाले शनिबारसम्म गर्मीको लहरको सामना गर्नसक्ने बताएको छ । सरकारी निकायले स्थानीयलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।


 

प्रतिक्रिया