डा. गोविन्द केसीको अनसन स्थगित
डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी प्रा.डा. गोविन्द केसीले ६ दिन लामो आमरण अनशन तोडेका छन् । द्वन्द्व पीडित भानुप्रताप शाह लगायतले जुस खुवाएर डा. केसीको अनशन तोडाएका हुन् । डा. केसी वैशाख २९ गतेदेखि ४ बुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन थालेका थिए । पशुपति मृगस्थलीमा अनशनरत केसीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।चिकित्सकहरूले जुनसुकै बेला अझ गम्भीर भई जीवनलाई खतरा हुनसक्ने चेतावनी दिएपछि डा. केसी अनशन तोड्न सहमत भएका हुन् ।
शासकहरूको नियतलाई दृष्टिगत गरी अनशन तोड्न सहमत भएको डा. केसीले बताएका छन् । आन्दोलन जारी रहने प्रतिवद्धता गर्दै हाललाई सत्याग्रह स्थगन गरेको उनले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहितका चारबुँदे माग राखेर डा. केसीले २९ वैशाखमा अनशन थालेका थिए ।
प्रतिक्रिया