नीति अनुसन्धान प्रतिष्ठान अध्यक्षमा लेखनाथ शर्मा नियुक्त

सरकारले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी उनले सरकारले नेपाल प्रशासन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने, नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको पनि जानकारी दिइन । 
त्यस्तै मन्त्रिपरिषदले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्ति गरेको छ । 

प्रतिक्रिया