कांग्रेस संसद् खुलाउन सहमत, गृहमन्त्रीलाई बोल्न दिने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् खुलाउन सहमत भएको छ। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग राखेर कांग्रेसले सदनमा अवरोध गर्दै आएको थियो। उसले गृहमन्त्री लामिछानेलाई बोल्नसमेत दिइरहेको थिए । तर आज  शीर्ष नेताहरूबीचको भएको गम्भीर छलफलमा गृहमन्त्री लामिछानेलगतै बोल्न पाउने सर्तमा कांग्रेस सदन खुलाउन सहमत भएको हो । सहमतिसँगै प्रतिनिधिसभाको बैठक दिउसो चार बजेका लागि सारिएको छ  । सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ गत मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा टेबल हुन सकेको छैन । कांग्रेसकै अवरोधका कारण राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत प्रस्तुत हुन नसकेपछि सभामुखले असन्तुष्टि जनाउदै आएका छन । संसद्को अवरोध हटाउने विषयमा सभामुखले गरेको प्रयास सफल हुन सकेको छैन । सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले भने गृहमन्त्री लामिछानेले संसदमा जवाफ दिन पाउनुपर्ने अडान राखेको छ ।
 

प्रतिक्रिया