ओलीलाई शेखरको जवाफः कुनै राजनीतिक दलको धम्कीले काँग्रेस डराउँदैन

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै राजासँग नडराएको कांग्रेस कुनैपनि दलको धम्कीवाट नडराउने  बताएका छन् । सहकारी प्रकरणमा बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दल नमान्नु गम्भीर भएको उनको भनाइ छ । 
नेता कोईरालाले यही प्रणालीमा संसदीय व्यवस्थालाई नै व्यवस्थित बनाउनेबारे सोच्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारी प्रणालीमा जानु नहुने बताए । राजनीतिक स्थायित्वपछि मात्रै आर्थिक र राजनीतिक विकास हुने उनको भनाइ छ । नेकपा एमाले संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको आरोप समेत नेता कोईरालाले लगाए । जनता समाजवादी पार्टी, नेपाल फुटेको नभइ फुटाइएको दाबी समेत उनको थियो ।।

प्रतिक्रिया