सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिने कार्यसूची छ । यसअघि एमालेले विश्वासको मत दिनेबारे निर्णय नगर्दा वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार नेकपा एमालेले आफूहरूको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो । आज भने एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । मत दिएपनि सरकारमा भने सहभागी नहुने एमालेको निर्णय छ । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार शुक्रबारसम्म विश्वासको मत लिइ सक्नुपर्नेथियो ।५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन् । 

प्रतिक्रिया