एनसेलको सधैं ’अन प्लान’ योजना सार्वजनिक

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले फाइभजी भिजनमा आधारित सधैं ’अन प्लान’ योजना सार्वजनिक गरेको छ । यो योजना अनुसार ग्राहकले अनावश्यक रुपमा मोबाइलको ब्यालेन्स काटिने समस्या अन्त्य भएको एनसेल कम्पनीले दाबी गरेको छ । ’सधैं अन’ नामक योजनाअनुसार ग्राहकलाई आफ्नो ब्यालेन्स सकिने डर नगरी सधैं अन राखेर सशक्त बनाउन र डिजिटल भविष्यतिर डो¥याउनु रहेको कम्पनीले बताएको छ । एनसेनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले उपभोक्ताले किनमेल, यात्रा बैंकिङ कारोबारलगायत कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई सधै ’अन’ योजनाले लाभ दिने बताए । नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मानकहरु सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पु¥याउनु योजनाको अवधारणा रहेको एनसेलले जनाएको छ । अहिले नेपालका मोबाइल सेवा प्रदायकका प्रयोगकर्ताहरुले इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोगबापत ब्यालेन्स काटिने समस्या छ । यहि समस्यालाई एनसेलले समाधान गर्न चाहेको हो । योजनामा ५ दर्जन भन्दाबढी डेटा प्याकहरुलाई २० वटामा झारेको कम्पनीले जनाएको छ । एननेलको सधैं अनअन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ वटा समूहमा ८ वटा विभिन्न आकर्षक प्लानहरु सञ्चालनमा ल्याएको छ । यसमा २ दिनको समयसीमा रहेको ९८ रुपैयाँबाट सुरु हुने प्याकदेखि २८ दिन समयावधि रहेको १४९९ रुपैयाँ पर्ने सम्मको विभिन्न प्लान छन् ।। 
 

प्रतिक्रिया