युनिट्राभ’ले लाङटाङ हिमाल शिविर क्षेत्रको सरसफाई गर्ने

नेपाल टे«किङ—ट्राभल्स—¥याफ्टिङ—एयरलाइन्स श्रमीक युनियन ‘ युनिट्राभ’ले लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रको सरसफाई गर्ने भएको छ ।  बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले यस वर्ष १७ जना पदमार्ग क्षेत्रमा कार्यरत श्रमीकहरुको प्रत्यक्ष सहभागिता सरसफाई कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो । जलवायु परिवर्तनको असर कम गरौँ, हिमाललाई बचाइराखौँ, मान्व जीवनलाई बचाइराखौँ भन्ने सन्देशसहित लाङटाङ हिमाल जाने पदमार्ग र हिमालको आधारशिविरसम्म सरसफाई गर्ने युनियनले जानकारी दिएको छ । 
युनिट्राभले २०५२ देखि निरन्तर हिमाल बचाउ, जलवायु परिवर्तनको असर कम गरौँ भन्ने अभियान गर्दै आइरहेको छ । पदमार्ग सरसफाई कार्यक्रम जेठ ४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने छ ।  श्रमीकहरु सामाजिक उत्तरदायित्व र पर्यावरणको संरक्षणमा पनि उत्तिकै जिम्मेवार रहेको सन्देश दिन खोजिएको आयोजकको भनाइ छ ।


 

प्रतिक्रिया