काँग्रेसले गिरीबन्धु टीस्टेटको ७० विगाहा जग्गा कमिशन खाएर बेच्योः ओली

सदनमा बोल्न नदिने चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसले गिरीबन्धु चिया बगानको सत्तरी बिघा जमिन कमिसन खाएर बेचेको आरोप लगाएका छन् । आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसले आफुमाथि नितिगत भ्रष्ष्टाचारको आरोप लगाएको भन्दै आपत्ति जनाएका हुन । अध्यक्ष ओलीले कांग्रेसले एमालेको सन्दर्भमा टिप्पणी गर्दा एकपटक ५१ बिघा, अर्को पटक १९ बिघा कमिसन खाएर सट्टापट्टा गर्ने नाममा बिक्री गरेको हेक्का राख्नुपर्ने बताएका हुन । 
अध्यक्ष ओलीले अदालतले नियम र ऐन बनाएरमात्रै यस्ता कामहरू अगाडि बढाउनु भनेपछि अदालतको आदेशबमोजिम ऐन बनाएको जिकिर गरे । कांग्रेसले सदनमा गिरीबन्धु चियाबगानको कुरा उठाउने भनेपछि उनी आक्रोशित देखिएका हुन । अब एमाले कांग्रेसको बकवास सुनेर मौन नबस्ने चेतावनी समेत अध्यक्ष ओलीले दिए । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने पनि दोहो¥याए । 
अध्यक्ष ओलीले गृहमन्त्रीमाथि आरोप लगाउँदैमा कांग्रेस कुनै न्यायाधीश नभएको तर्क गरे । उनले संसद कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको पनि टिप्पणी गरे । राजनीतिक स्वार्थका लागि सदन अवरोध गर्नु न्यायोचित नहुने अध्यक्ष ओलीको भनाइ छ । उनले संसद भोलिबाट सुचारु हुनुपर्ने बताए । 

प्रतिक्रिया