उदयपुरको पुरानो गढीलाई पुनर्जीवन दिन स्पहल सुरु

वैकल्पिक सडक र पुर्वाधार धमाधम निर्माण हुँदै

उदयपुरको पुरानो सदरमुकामस्थित पुरानो गढीको इतिहासलाई पुनर्जीवन दिन पहल सुरु भएको छ । सरकारले एक सय सय पर्यटकीय गन्तव्य भनेर तोकेको गढी संरक्षणका लागि गाउँपालिकाले पुरानो गढीको पुनर्निर्माण अघि बढाएको हो । पछिल्लो समय गढीमा बाल उद्यान, बनभोज क्षेत्र र प्रतिक्षालय लगायतका पूर्वाधार निर्माण भैरहेका छन । 
पर्यटन मन्त्रालयको सत्तरी प्रतिशत र स्थानीय सरकारको तीस प्रतिशत गरेर २ करोड ७० लाखमा पुर्वाधार निर्माण भैरहेको हो । पूर्वाधार थप गरेसँगै सडक राम्रो बनाए पर्यटक बढने यहाँ घुम्न पुग्नेहरुको भनाइ छ । 
अघिल्लो बर्ष गढीमा बैकल्पिक सडक निर्माण गरिएको थियो । पर्यटकिय क्षेत्रमा ढलाइको काम र दरबार क्षेत्रमा विभिन्न कार्य हुँदै आएको छ । ढुङ्गालाई काटेर इट्टा आकार बनाएर गढीको पुननिर्माणको काम पनि हुँदै आएको छ । उदयपुरगढी तत्कालीन सेनवंशीय राजा उदयचन्द्र सेनले राज्य गरेको इतिहास छ । 
 

प्रतिक्रिया