त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघकाे प्रदर्शन

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले त्रिचन्द्र क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको छ। नेविसंघले सहकारी ठगी प्रकरण र गिरीबन्धु टी–स्टेटमा भएको नीतिगत भ्रष्टाचारविरुद्ध बुधबार क्याम्पसअगाडि प्रदर्शन गरेको हो।

उनीहरूले 'गुड मर्निङ केपी बा, चिया खानुभो?, गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है' लेखिएको प्ला कार्डसहित प्रदर्शन र नाराबाजी गरेका थिए।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै संसद् अवरोध गर्दै आएको छ। 

प्रतिक्रिया