रङ्गेली कानेपोखरी सडकखण्डमा ट्राफिक चिन्ह राख्न सुरु
मोरङको रङ्गेली कानेपोखरी सडकखण्डमा ट्राफिक चिन्ह राख्न सुरु गरिएको छ । सवारी दुर्घटना न्यूनिकरण र यात्रुलाई सहज यात्रा गर्न सहयोग होस भनेर जेब्राक्रस निर्माण गरिएको हो । सडकखण्ड अन्र्तगत बढी यात्रुको चाप हुने रङ्गेली अस्पताल अगाडिपनि जेभ्राक्रस बनाइएको छ । अस्पताल जाने विरामी र आफन्तलाई यसले सहयोग पु¥याउने ट्राफिक प्रहरीको भनाइ छ । अस्पताल प्रशासन, रंगेली प्रहरी , ट्राफिक बिट र स्थानीयको सहयोगमा जेब्राक्रसिङ बनाईएको हो । रंगेली कानेपोखरी सडकको मुख्य मुख्य चोकमा सवारी पार्किङ्गले पनि दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया