इजरायल आक्रमणले गाजाका ८० प्रतिशत स्वास्थ्य संस्थाहरु ध्वस्त

 , छत्तिस मध्ये एघार अस्पतालमात्रै आंशिक रुपमा सञ्चालन 


इजरायलले गाजामा आक्रमणलाई तिव्रता दिएपछि ८० प्रतिशत स्वास्थ्य संस्थाहरु ध्वस्त भएका छन् । इजरायलले आफ्नो आक्रमणलाई निरन्तरता दिएपछि गाजामा रहेका करिब ८० प्रतिशत स्वास्थ्य संस्थाहरु ध्वस्त भएका हुन । संयुक्त राष्ट्रसंघले गाजामा रहेका ३६ अस्पताल मध्ये ११ ले मात्र आंशिक रुपमा उपचार गरिरहेको बताएको छ । राष्ट्रसंघले उपचार अभावका कारण त्यहाँ महामारी फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । प्यालेस्टिनीलाई स्वास्थ्य सेवाबाट बञ्चित गर्नु मानवअधिकार विरुद्ध भएको बताउँदै तत्काल सेवा पहुँचलाई विस्तार गर्नुपर्ने राष्ट्रसंघको भनाइ छ । प्यालेस्टाइन स्वास्थ्य मन्त्रालयले राष्ट्रसंघ र मानवीय स्वास्थ्य संस्थालाई तत्काल गाजामा स्वास्थ्य सहायता र थप स्वास्थ्य सामाग्री उपलब्ध गराउन आग्रह गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनका जनताको अधिकार कुन्ठित गर्ने अधिकार कसैलाई नभएको भन्दै तत्काल इजरायललाई आक्रमण नगर्न आग्रह गरेका छन् । इजरायलले गत सातादेखि आक्रमणलाई तिव्रता दिएपछि रफाहमा शरण लिएर बसेका करिब पाँच लाख भन्दा बढी शरणार्थी त्यहाँबाट विस्थापित भएका छन ।। 
 

प्रतिक्रिया