पार्टीमा भ्रष्ट र पदलोलुप प्रवृत्ति खतरनाक रुपमा देखा प¥यो: अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताएका छन । आज पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्र पदलोलुपताको प्रवृत्ति खतरनाक रुपमा देखापरेको भन्दै यस्तो अवस्था रहेमा आफूहरुलाई कसैले विश्वास नगर्ने गुनासो गरेका हुन । अध्यक्ष नेपालले आफूहरुको पार्टी फुट्ने हल्ला चलाइएको भन्दै यसप्रति सचेत हुनुपर्ने समेत बताए ।अध्यक्ष नेपालले राजनीतिक समिकरण दिनदिनै परिवर्तन भइरहेको भन्दै सोचेभन्दा अलग ढंगले अगाडी बढिरहेको पनि बताए । जसपा नेपालका अध्यक्ष  उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिने स्थिति रहेको जिकिर उनको थियो । 

अध्यक्ष नेपालले वर्तमान सत्ता समिकरणमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे । पार्टीका मन्त्रीहरुप्रति नेता, कार्यकर्ताहरुको धेरै गुनासो आएको भन्दै उनले पार्टी र कार्यकर्ताहरुसँगको सम्बन्धलाई राम्रो बनाउन मन्त्रीहरुलाई निर्देशन दिए । 
बुधबारसम्म चल्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोक्ने कार्यसूचि छ । 
 

प्रतिक्रिया