संविधानलाई बचाएर लैजानुपर्ने आवश्यकता छ: पूर्वराष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानलाई बचाएर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन । आज काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलनमा माधव नेपाल पुस्तक विमोचन समारोहमा उनले अहिलेको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, संघीयता सहितको र समावेशी तथा समानुपातिक रहेको भन्दै संविधान बचाएर लैजाने सबै नेपालीको जिम्मेवारी रहेको बताएका हुन ।  प्रथम राष्ट्रपति यादवले संविधानलाई संशोधन गरी समायानुकल बनाउन आवश्यक हुने पनि बताए ।  
पूर्व राष्ट्रपति यादवले संविधान नै सकिने अवस्थाबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले संविधान बचाउन ठूलो भुमिका खेलेको भन्दै प्रशंषा समेत गरे । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक रहेको बताए । 
अध्यक्ष नेपालले जीवनका कुराहरु राम्रोसँग नोट नगरे जीवनसँगै सकिने र अर्को पुस्ताका लागि जानकारी पाउन कठिन बन्ने बताए । छिटै नै नकेपा विभाजन र नेकपा एकीकृत समाजवादी पार्टी निर्माणको बारेमा लेखिएको पुस्तक आउन लागेको भन्दै त्यस पुस्तकले विभाजन र पार्टी निर्माणको बारेमा सबै स्पष्ट पार्ने उनको भनाइ थियो । सो क्रममा अध्यक्ष नेपालले आफ्नो राजनीतिक अनुभवका विभिन्न भोगाइरहेको बारेमा पनि स्मरण गरे ।। 
 

प्रतिक्रिया