सरकारले एक हजार युवालाई स्टार्टअप सहुलियत कर्जा उपलब्ध गराउने

सरकारले एक हजार युवालाई स्टार्टअप सुरु गर्न सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।  मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक हजार युवालाई स्टार्टअप सुरु गर्न सहुलियत ऋण उपलब्ध गराइने बताएका हुन् ।

यस्तै, सरकारले सातै प्रदेशमा बिजनेस इनोभेसन सेन्टर स्थापना गर्ने  राष्ट्रपति पौडेलले बताए ।

प्रतिक्रिया