नीति तथा कार्यक्रममा अवरोध नगर्न प्रधानमन्त्री दाहालको कांग्रेसलाई आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई सहकारी ठगी प्रकरणमा देखिएका समस्या समाधान गर्न आफू लागिपरेकाले राष्ट्रपतिको सम्बोधनमा अवरोध नपु¥याउन आग्रह गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँगको कुराकानीमा प्रधानमन्त्री दाहाले त्यस्तो आग्रह गरेका हुन । सहकारी ठगी प्रकरणमा भएको समस्या समाधान गर्नका लागि म पूरै कोसिस, काम गरिराखेको भन्दै अबरोध नगर्न आग्रह गरेको बैठकपछि कांग्रेस प्रमुख सचेतक लेखकले जानकारी दिए । 
नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम घोटाला प्रकरणमा अनुसन्धान हुनुपर्ने माग राख्दै आएको छ । त्यसका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ । तर, सत्ता पक्ष त्यसका लागि तयार नहुँदा संसद अवरुद्ध छ ।

प्रतिक्रिया