सरकारलाई नीति तथा कार्यक्रम पेस गर्न दिने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय भएको हो । सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै आएको कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गर्ने चेतावनी दिँदै आएको छ ।  संसद्को गतिरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहालको मध्यमार्गी प्रस्ताव सत्तारुढ एमालेका अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेले अस्वीकार गरेका छन । लामिछाने जोडिएकासहित समग्र सहकारीकै समस्यामाथि छानबिन गर्ने प्रधानमन्त्रीको प्रस्तावमा प्रतिपक्ष कांग्रेस भने सकारात्मक देखिएको छ । 
 

प्रतिक्रिया