यो वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा हुने

नेपालमा यो वर्षको मनसुन अत्यधिक वर्षामय हुने भएको छरु। दोहोरिँदो खडेरीसँगै भित्रिने मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको हो । त्यस्तै मनसुन अवधिको तापक्रम पनि उच्च रहने भएको छरु। विभागले सार्वजनिक गरेको ऋतुगत मनसुन प्रक्षेपण अनुसार मनसुनको दोस्रो सत्र बढी वर्षामय हुने जानकारी दिएको छ । पछिल्लो समय मनसुनको अवधि पछाडि सर्दै र लम्बिँदै गएको विभागले जनाएको छ । जस अनुसार हरेक वर्ष जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधि मनसुनको रहने गरेकोमा सो लम्बिँदै अगस्ट २ तारिखसम्म पुगेको छरु। यस वर्षको मनसुनको पहिलो र दोस्रो महिना अर्थात् जुन र जुलाईमा सरदरभन्दा कम वर्षा हुने अनुमान छ ।  यी दुई महिना कम वर्षा हुँदा थप तातोपन र खडेरी बढ्न सक्ने अनुमान छ । पूर्वानुमान अनुसार देशका अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको विभागले प्रक्षेपण गरेको छ । प्रदेशगत रूपमा भने पश्चिमको गण्डकी, मध्यको बागमती तथा पूर्वी भेगको तराईमा अत्यधिक वर्षा हुने अनुमान छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिम भूभाग, बागमतीको दक्षिण–पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । नेपालमा एक वर्षको अवधिमा हुने कुल वर्षामध्ये ८० प्रतिशत मनसुनको समयमा हुने गरेको छ । वर्षभरि हुने वर्षाको ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने गर्छ। 

प्रतिक्रिया