सिप्रदीले नयाँ भन्दै पुरानो टिपर बेचेको काठमाडौं महानगरको आरोप
सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौं महानगरपालिकाले ४ वटा सवारीसाधन फिर्ता गर्ने भएको छ । महानगरपालिकाले सोमवार पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडीहरु बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा पुराना सवारीसाधन बिक्री गरेको जानकारी गराएको हो । नेपालका लासिग टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए ।
प्रवक्ता मानन्धरले महानगरले खरिद गरेका ६ वटा टिप्परकै ब्लुबुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर ४ वटा टिप्परको उत्पादन वर्ष २०२१ रहेको पाइएको बताए । महानगरले सिप्रदीलाई गाडी फिर्ता लैजान आग्रह गरेको पनि उनले बताए ।
प्रतिक्रिया