मुम्बईमा होर्डिङ बोर्ड ढल्दा कम्तिमा चौध जनाको मृत्यु

भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी करिब ७४ जना घाइते भएका छन । प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड शहरको घर र पेट्रोल स्टेसनमा खसेर दुर्घटना भएको हो । मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बोर्ड खसेको हो । होर्डिङ बोर्ड खसेर सवारी साधनहरू च्यापिएका छन्। घटनास्थलमा उद्धारका काम जारी छ । होर्डिङ बोर्ड मुनिबाट पीडितलाई निकाल्न धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग गरिएको छ । घाटकोपर क्षेत्रको समता कोलोनीमा रहेको रेलवे पेट्रोल पम्प नजिकै राखिएको होर्डिङ एक्कासी आएको भीषण हावाहुरीले खसेको हो । दुर्घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घटनास्थल अवलोकन र अस्पताल पुगेर घाइतेहरूलाई भेटेका छन ।  बेमौसमी वर्षा र हावाहुरीका कारण मुम्बईबाट उडान अवतरण पनि प्रभावित भएको थियो भने मेट्रो पनि केही समय बन्द गर्नु परेको थियो ।।
 

प्रतिक्रिया