आरोप लागेको विषयमा मैले संसद्‌मा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोपको विषयमा स्पष्टीकरण दिन पाउनुपर्ने बताएका छन्। सोमबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो जवाफ नै नसुनी छानबिन समिति बनाउने कुरा स्वीकार्य नभएको बताएका छन्।त्यसपछि मात्र संसदीय छानबिन समिति गठन गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने उनले बताए ।

‘ममाथि निरन्तर रूपमा उहाँहरू (कांग्रेस)ले आरोप लगाएपछि एकपटक आफ्नाबारेमा उठेका प्रश्नको बारेमा जवाफ दिन पाउनुपर्छ, त्यो मेरो अधिकार हो। कसैले खोसेर खोसिने कुरा होइन। सार्वभौम संसदमा त्यति अधिकार सबैको हुन्छ,’ उनले भने।

संसद्को बेल घेरेर आफूलाई बोल्नसमेत नदिइएको भन्दै लामिछानेले एकपटक आफ्नो ‘हातखुट्टा खोलिदिन’ चेतावनी दिए।
सहकारीको वचत अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । भोलि १ जेठको (प्रतिनिधिसभा र राष्ट्रियसभाको) संयुक्त वैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया