छलफलमा प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने छलफलमा जुटेका छन्। सिंहदरबारमा जारी छलफलमा संसदीय छानबिन समिति र सरकारको नीति तथा कार्यक्रमबारे छलफल भइरहेको बताइएको छ।

सरकारले जेठ १ गते मंगलबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ। तर कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्ड छानबिन समितिप्रति सकारात्मक रहेपनि सत्ताको प्रमुख दल एमाले समिति बनाउन नहुने पक्षमा छ ।

प्रतिक्रिया