गणतन्त्रपछि कयौं गुणा बढी विकास भएको प्रधानमन्त्री दाहालको दाबी

देशमा केही भएन भन्ने नकारात्मक भाष्य निर्माण गरिएको गुनासो

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणा बढी विकास भएको बताएका छन । आज नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि  उनले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएका बताएका हुन । प्रधानमन्त्री दाहालले अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको गुनासो गरे । 
प्रधानमन्त्री दाहालले सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युतजस्ता भौतिक पूर्वाधार लगायतको वकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको दाबी गरे । पछिल्लो राजनीतिक परिवर्तनपछि  ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट १ घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । प्रधानमन्त्रीले चालु आर्थिक वर्षमा मात्र १ सय ४९ भन्दा बढी पुलहरू निर्माण गरिसकेको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले नागढुङ्गा र  मरिन डाइभर्सनले सुरूङयुगमा नेपाल प्रवेश गरेको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सन्देश दिनुका साथै सन् २०२६ सम्म विकासशील मुलुकमा फड्को हान्ने लक्ष्यमा सकारात्मक योगदान पु¥याएको जिकिर गरे । पूर्व–पश्चिम राजमार्गअन्तर्गत उक्त पुलले वाग्मती प्रदेश र गण्डकी प्रदेशलाई जोड्ने ४ सय २० मिटर लम्बाइको पुलको निर्माण लागत १ अर्ब ६८ करोड रुपैयाँ छ । 

प्रतिक्रिया