अनलाइन सट्टेबाजीमा दुई अर्बभन्दा बढी कारोबार गर्ने पक्राउ

प्रहरीले अनलाइन सट्टेबाजी माध्यम एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा सट्टाबाजी गर्न रकम लगाउने, संकलन गर्ने गरेको आरोपमा काभ्रे मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेको छ । उनले हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । उनले बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २ सय ४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड अर्ब रुपैयाँ कारोबार गरेको भेटिएको हो । 

प्रतिक्रिया