जसपा नेपाल आज सरकारबाट बाहिरिने,स्वास्थ्य मन्त्री यादवले राजीनामा दिने

जनता समाजवादी पार्टी नेपाल आज सरकारबाट बाहिरिने भएको छ । योसँगै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पनि राजीनामा दिने भएका छन । जसपा विभाजनपछि यही साता सत्ता समीकरणमै रहने बताएका यादव जसपा नेतृत्वको मधेश सरकार अल्पमतमा परेसँगै संघीय सरकारबाट बाहिरिनु पर्ने बाध्यात्मक अवस्था आएको हो ।पार्टी विभाजनपछि संकटमा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश सरकारमासमेत अल्पमतमा परेको छ । आफ्नै कमजोरी कारण यादव अहिले संघ मात्र होइन, मधेस प्रदेश सरकारसमेत गुमाउने अवस्थामा पुगेको छ । जसवाले आज पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएको छ । यो बैठकले संघीय सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने छ । जेठ एक गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि जसपालाई सरकारबाट बाहिरन आग्रह गर्ने र बाहिर रहेका दललाई सत्ता समीकरणमा समेट्ने प्रधानमन्त्री दाहालको तयारी थियो । तर त्यसअघि नै यादव सरकारबाट बाहिरिन लागेपछि प्रधानमन्त्रीलाई समेत सहज भएको छ ।। 

प्रतिक्रिया