राजनीतिक र कर्पोरेट स्वार्थका कारण पत्रकारिताको विश्वास गुम्दै

राजनीतिले पत्रकारितालाई गाइड गरेको गुनासो

राजनीतिज्ञ र पत्रकारिता क्षेत्रमा संलग्नहरुले राजनीतिक र कर्पोरेट स्वार्थका कारण नेपाली पत्रकारिताको विश्वास गुम्दै गएको भन्दै यी दुई आग्रहबाट पत्रकारिता क्षेत्र मुक्त हुनुपर्ने बताएका छन् । स्वार्थ र दलीय अस्थाबाट पत्रकारिता माथि उठेमात्र व्यावसाियक बन्ने उनीहरुको भनाइ छ । वरिष्ठ पत्रकार पुरुषोतम दाहाल दलपिच्छेका पत्रकार संगठन र अमुक पार्टीको हकहितका लागि धेरैजसो पत्रकार लागेका कारण पत्रकारितामा संकट गहिरिँदै गएको बताउछन । 
पत्रकारिताले राजनीतिलाई होइन राजनीतिले पत्रकारितालाई गाइड गरेका कारण पत्रकारिता धरापमा पर्न थालेको भन्दै पत्रकारितामा पक्षधरताको अन्त्य हुनुपर्नेमा जोड विज्ञहरुको छ । सञ्चार प्रविधिमन्त्री राम कार्की पत्रकारिताले राजनीतिलाई होइन राजनीतिले पत्रकारितालाई गाइड गरेका कारण पत्रकारिता धरापमा पर्न थालेको बताउछन ।
वित्रहरुले पत्रकारितालाई दलगत आस्थाभन्दा माथि उठाउन अब प्रयास हुनुपर्ने पनि स्पष्ट पारेका छन । पत्रकारिता पेशाप्रति विश्वास घट्दै जानुमा राजनीतिक संयन्त्रमात्र नभएर पत्रकारसमेत जिम्मेवार रहेको दाबी उनीहरुको छ ।समानुपातिक विज्ञापन नीति लागू हुने र लोककल्याणकारी विज्ञापनको पारदर्शी वितरण भयो भने पनि पत्रकारिता बाँच्न सक्ने भन्दै  भाषण पत्रकारिता र सिंहदरबार केन्द्रित विषयवस्तु मात्र पत्रकारितामा आउन नहुने सुझाव पनि विज्ञले दिएका छन । 

प्रतिक्रिया