भारतमा लोकसभा निर्वाचन अन्तर्गत चौथो चरणको मतदान जारी

भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत चौथो चरणको मतदान भैरहेको छ । चौथो चरणको निर्वाचन अन्तर्गत आज १० राज्य र केन्द्र शासित प्रदेशको ९६ सिटका लागि मतदान भैरहेको हो । चौथो चरण अन्तर्गत आन्ध्र प्रदेशको २५, बिहारको ५, झारखण्डको ४, मध्ये प्रदेशको ८, महाराष्ट्रको ११ सिटमा चुनाव भैरहेको हो । यस्तै ओडिशाको ४, तेलङ्गानाको १७, उत्तर प्रदेशको १३, पश्चिम बङ्गालको ८ र जम्मु काश्मीरको १ सिटकाका लागि मतदान जारी छ । 
चौथो चरणमा १७ करोड ७ लाखभन्दा बढी मतदाताले मतदानमा भाग लिने भारतीय चुनाव आयोगले जनाएको छ । मतदानका लागि १ लाख ९२ हजार मतदान केन्द्र निर्धारण गरिएका छन । चौथो चरणको निर्वाचनमा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव, अल इनिडया मजलिस ए इत्तेहादुल मुस्लिमीनका प्रमुख असदुद्दिन ओबैसी, महुआ मोइत्रा,  गिरिराज सिंह, भारतीय पूर्व क्रिकेटर युसुफ पठान लगायतका उम्मेदवार प्रतिस्पर्धाम छन । भारतमा पाँचौं चरण  मे २०, छैटौं चरण मे २५ मा हुँदैछ ।  अन्तिम चरणको मतगणना जुन १ मा हुनेछ ।। चुनावमा  लगातार ३ पटक प्रधानमन्त्री बन्ने दौडमा नरेन्द्र मोदी नेतृत्वको एनडीए अझै शक्तिशाली भएर आउने प्रयासमा छ । लोकसभामा सामान्य बहुमतका लागि २ सय ७२ सिट जित्नु आवश्यक छ। मोदीको दल भाजपाले सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा ३ सय ३ सिट जितेको थियो। विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले जम्मा ५२ सीट जितेको थियो । 

प्रतिक्रिया