प्रधानमन्त्री दाहाल अभियुक्त भएकाले देश चलाउन मिल्दैन: गोविन्द केसी

वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन । काठमाडौंको पशुपति क्षेत्रस्थित मृगस्थलीमा चार बुँदै माग राख्दै आमरण अनसनमा रहेका केसीले संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहाल अभियुक्त भएकाले देश चलाउन नमिल्ने बताएका हुन । सशस्त्रद्वन्द्व कालका जघन्य अपराध गरेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले पदमा बस्न नमिल्ने र राजीनामा दिएर संक्रमणकालिन न्यायलाई टुंगोमा पु¥याउन सहयोग गर्नुपर्ने तर्क डाक्टर केसीको छ । 
वरिष्ठ चिकित्सक केसीले प्रधानमन्त्री दाहालले अभियुक्त भएर देश चलाउने कुनै अधिकार नभएकोे समेत बताए । द्वन्द्वकालको मुख्य अभियुक्त हुँदाहुँदै दाहाल प्रधानमन्त्री बन्दा पनि अरुले त्यसको विरोध नगरेकोमा आक्रोश पनि व्यक्त गरे । वरिष्ठ चिकित्सक केसीले स्वास्थ्य शिक्षा निःशुल्क हुनुपर्ने, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा तत्काल संचालन गर्नुपर्नेलगायतका विगतमा मेडिकल क्षेत्रको सुधारका लागि आफूसँग सरकारले गरेको सबै सहमती कार्यान्वयन हुनुपर्ने माग पनि अघि सारेका छन । 
 

प्रतिक्रिया