विकल पौडेलसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर, जनहीँ ४० करोड ७५ लाख बिगो दाबी

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई नवीनकुमार पोखरेलसहितका व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका अन्यमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीका सिइओ अकबर हुसेन छन । उनीहरूसँग जनहीँ ४० करोड ७५ लाख ५७ हजार ७ सय ४० रुपैयाँ बिगो, जरिवाना तथा सजाय माग गरिएको छ । सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन मिचेर केही व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी सुरक्षण प्रेसको सफ्टवेयर तथा उपकरण खरिद गरेको निष्कर्षसहित उनीहरूलाई भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । सो  प्रकरणमा पौडेलसहितका व्यक्तिहरूले मिलेमतोमा कानुन विपरीत कार्य गरी सरकारको सम्पत्ति हानी–नोक्सानी पु¥याएको आरोपपत्रमा उल्लेख छ । आयोगले आइतबार ४० करोड बढी बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सुरक्षण मुद्रण केन्द्र, काठमाडौंले सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी भएकोले नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी गरिएको पाइएको उल्लेख गरेको छ ।। 

प्रतिक्रिया