नर्सिङ क्षेत्रका समस्या समाधान गर्न नीति तथा कार्यक्रम र बजेटमा सकारात्मक पहल गर्छौंः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नर्सिङ क्षेत्रका समस्या समाधान गर्नका लागि नीति तथा कार्यक्रम र बजेटमा सकारात्मक पहल गर्ने प्रतिवद्धता जनाएका छन । आज १४ औं नर्सिङ सम्मेलनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रुप दिने तयारी गरिरहेको बताउँदै आफ्नो ठाउँबाट सकारात्मक पहल गर्ने जानकारी दिएका हुन । । प्रधानमन्त्री दाहालले नेपालका अस्पतालहरुमा नर्स बिरामीहरुको अनुपातअनुसार दरबन्दी कायम नभएकाले नर्सहरुको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको बताए । 
प्रधानमन्त्री दाहालले अर्थतन्त्रका आन्तरिक र वाह्य सूचकहरुमा सकारात्मक परिवर्तन भएसँगै निकट भविष्यमा नर्सिङ्ग क्षेत्रका समस्या समस्याको समाधान गरी ठोस निस्कर्षमा पुग्ने प्रतिबद्धता जनाए । सेवा सुविधामा एकरुपता नभएको, स्वदेशमै रोजगारीको अबसर कम भएको, नीति निर्माणको तहमा प्रतिनिधित्वको कमि लगायतका बिषय सरकारले सम्बोधन गर्ने उनको प्रतिबद्धता थियो । प्रधानमन्त्री दाहालले पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र बिस्तारको सम्बन्धमा नेपालले महत्वपूर्ण प्रगति गरिरहेको उल्लेख गरे । उनले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधी पढ्ने नर्सहरु एक लाख १० हजार भन्दा बढी पुगेको जानकारी समेत दिए । नर्सिङ शिक्षाको उचित व्यवस्थापन र समय सापेक्ष विकासका लागि वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्न आवश्यक रहेको समेत प्रधानमन्त्री दाहालले बताए । 

प्रतिक्रिया