०८४ को निर्वाचनलाई उपयोग गरेर जाने हो: नेत्रविक्रम चन्द

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले ०८४ को निर्वाचनलाई उपयोग गरेर जाने भएको छ । पार्टीले क्रान्तिको समग्र मोर्चाभित्र चुनाव पनि एउटा माध्यम हो, ०८४ को निर्वाचनलाई उपयोग गरेर जाने निर्णय गरेको महासचिव नेत्रविक्रम चन्दले जानकारी दिएका हुन ।  महासचिव चन्दले चुनाव जितेर सरकारमा जान सके क्रान्तिको एउटा मोर्चा बन्नसक्ने दाबी समेत गरे । 
महासचिव चन्दले भारतले राजतन्त्र र हिन्दु एजेण्डा बोकेर हिँडिराखेको आरोप समेत लगाएका छन । भारतले धर्म भन्दा पनि हिन्दु राजनीति अघि बढाएको उनको भनाइ थियो । 
 

प्रतिक्रिया