वीरगन्जमा मन्दिर कब्जा गरि बनाइएका अनाधिकृत पक्की सटरहरु भत्काइयो

वीरगन्ज महानगरपालिकाले गीता मन्दिरको प्राङगणमा अनाधिकृत कब्जा गरि बनाइएका पक्की सटरहरु भत्काएको छ । मन्दिरको सौन्दर्यकरणका लागि भन्दै महानगरपालिकाले मन्दिर प्राङगणमा करिब डेढ दशकदेखि अनाधिकृत रुपमा कब्जा गरि बनाइएका व्यपारिक सटरहरु शनिबार तीन वटा डोजर लगाएर भत्काएको हो । शनिबार मन्दिरको मूल प्रवेशद्वारको दाँया–बाँया र पश्चिम तर्फका गरी ८ भन्दा बढी सटरहरु डोजर लगाएर भत्काइएको महानगर प्रहरीले जनाएको छ । यसअघि शुक्रबार मेयर राजेशमान सिंहले गीता मन्दिरमा आँफै पुगेर अनाधिकृत सटरहरु खाली गर्न मन्दिर सञ्चालक समितिका अध्यक्ष मदन गुप्तालाई निर्देशन दिएका थिए । करिब डेढ दशकदेखि गीता मन्दिरको जग्गामा अनाधिकृत कब्जा गरी पक्की सटरहरु बनाएर सञ्चालक समितिले भाडामा लगाएको थियो । भाडामा पनि अनियमितता भएको महानगरले जनाएको छ ।  

प्रतिक्रिया