गिरीबन्धु टी–स्टेट जग्गा साटफेरको निर्णय गर्ने ओली नेतृत्वको सरकारलाई कारवाही हुनुपर्छ: बालेन शाह

काठमाडौं महानगर प्रमुख बालेन शाहले  झापास्थित गिरीबन्धु चिया बगान प्रकरणमा तत्कालिन केपी ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्ने बताएका छन् ।  बालेनले सामाजिक संजालमा टिप्पणी गर्दै गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणमा झन्डै ३ सय ४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले उल्टाएको उल्लेख गर्दै अब तत्कालिन ओली नेतृत्वको सरकारलाई अहिलेको सरकारले कारवाही गर्नुपर्ने बताएका हुन । अहिलेको अवस्थामा सो जग्गाको मूल्य १० अरब भन्दा धेरै भएको भन्दै बालेनले तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनु पर्ने उल्लेख गरेका हुन । नगरप्रमुख साहले जग्गाको बैना गरेका सबैलाई कानुनी पक्रियाबाट बैना फिर्तामा जान आग्रह गर्दै अब जग्गा प्राप्तीको बाटो सकिएको उल्लेख गरेका छन् । साथै उनले देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल महानगरका कानुनी सल्लाहकार समेत रहेका ओम प्रकाश अर्याललाई धन्यवाद समेत दिएका छन् ।

 

प्रतिक्रिया