राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ । सयको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएका थिए । एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले राजीनामा दिएका हुन । सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले अन्र्तवार्तामा असन्तुष्टि प्रकट गरेका थिए । भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय भएको उनले टिप्पणी गरेपछि आलोचना गरेका थिए । उनले राष्ट्रबैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई लहडको संज्ञा दिएका थिए । सत्तारुढ दल एमाले अध्यक्ष केपी ओलीले सल्लाहकारको अभिव्यक्तिबारे राष्ट्रपति र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आलोचना गरेका थिए ।
 

प्रतिक्रिया