एक सय पाँच वटा घडियाल गोही नारायणी नदीमा छाडियो
राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय पाँच वटा घडियाल गोही नारायणी नदीमा छाडिएको छ । प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ । केन्द्रमा हुर्काइएको गोहीलाई नदीमा छाड्ने गरिएको हो । २०३५ सालमा स्थापना गरिएको घडियाल गोही प्रजनन केन्द्रबाट हालसम्म एक हजार ९ सय ५७ गोही देशका विभिन्न नदीमा छाडिएको छ । हालसम्म राप्ती नदीमा एक हजार दुई सय दुई, नारायणी नदीमा ४ सय १९, बबइमा १ सय १०, सप्तकोशीमा १ सय १५ , कालीगण्डकीमा ३५, कर्णालीमा ४१, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ गोही छाडिएको छ । घडियाल प्रजनन् केन्द्रमा हाल ६ सय २२ गोही रहेका छन ।
प्रतिक्रिया