एक्कासी परेको ठूलो बर्षातले बुटवलका विभिन्न क्षेत्र डुबानमा
ठूलो पानीले बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । लामो समयदेखि पानी नपरेको र यहाँका अधिकांश नालीहरु फोहरले पुरिएकाले पनि एकैपटक ठूलो पानी पर्दा ती क्षेत्रहरु डुबानमा परेका हुन् ।डुबानका कारण यहाँस्थित सबैभन्दा ठूलो निजी स्कुल न्यू होराइजनले आज विद्यार्थीहरुलाई बिदा दिएको छ । अन्य विद्यालयहरु पनि प्रभावित भएका छन् । वडा नं ११ मा पर्ने सो क्षेत्रमा रहेको कुलो थुनिएर बाढी पसेको र अन्य घरहरु डुबान परेको स्थानीयले जनाएका छन् । त्यसैगरी यहाँस्थित राससको प्रदेश कार्यालय, रुपन्देही उद्योग संघको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय सबै डुबानमा परेका छन् । रुपन्देही उद्योग संघको कार्यालयको तल्लो तलामा पूरै लेदोले भरिएर पस्न नमिल्ने भएको छ । कालिकानगरस्थित शुभनारायणी फर्निचर उद्योगमा रहेको करिब ५ लाखको सबै प्लाइउड नोक्सान भएको छ ।
प्रतिक्रिया