कामीरिता शेर्पाले गरे २९ औं पटक सगरमाथाको आरोहण

आरोहणको आफ्नै किर्तिमानी भंग

कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा २९ औँ पटक सफल आरोहण गरेका छन । अघिल्लो वर्ष जेठ ९ गते २८ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताले आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको २९ औँ पटक सफल आरोहण गरेका हुन । विश्वको अग्लो चुचुरो बारम्बार चढ्ने कीर्तिमान बनाउनुभएका सोलुखुम्बुको थामेका शेर्पाले यो सिजनको सुरुमै फोर्टिन पिक्स एक्सपिडिसन मार्फत सफल आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन । सन् १९७० जनवरी २ मा खुम्बु पासाङल्हमु गाउँपालिका ५ को थामेमा जन्मिएका शेर्पाले सन् १९९२ मा आरोहण सहयोगीका रुपमा सगरमाथा आरोहण सुरु गरेका थिए । उनको नाममा विश्वका ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा धेरै पटक आरोहण गरेको कीर्तिमान छ । उनले के टू, चोयु, ल्होत्से र मनास्लु जस्ता हिमालरुको आरोहण गरेका छन । 
 

प्रतिक्रिया