रातो मच्छिन्द्रनाथको रथलाइ आज गाबहालबाट तानेर मंगलबजार पु¥याइने

काठमाडाै उपत्यकामा सबैभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथको रथायात्रा शनिवारबाट शुरु भएको छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ रथयात्रा ललितपुरको पुल्चोकबाट शुरु भएको हो  । पुल्चोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित तानेर गःबहाल पु¥याइएको छ । 
वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरिसकेपछि अक्षय तृतीयाका दिन गौदान सहितको शान्ति स्वस्तिपश्चात् चौथी तिथिमा रथयात्रा आरम्भ गरिन्छ । शनिवारदेखि शुरु भएको  रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई आज गाबहालबाट तानेर मंगलबजार पु¥याउने तयारी भएको छ । यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ । रातो मच्छिन्द्रनाथ जात्राभर करिब १५ किलोमिटर डोरीको सहायतामा रथ तानेर परिक्रममा गराइन्छ । लिच्छवी राजा नरेन्द्रदेवका पालामा भारतको कामरूप कामाख्या गई ’वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ । जात्राको अन्तिम दिनमा राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने चलन छ । त्यही दिन मच्छिन्द्रनाथलाई रथबाट निकालेर बुगंमतीमा रहेको मन्दिर लगेर प्रतिस्थापन गरेपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।। लिच्छवीकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामाल् याएको र त्यसपछि सहकाल शुरु भएको किंवदन्ती छ । भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंको तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका ललित ज्यापू तीन जना मिलेर रातो मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याएको भन्ने जनविश्वास छ । 
 

प्रतिक्रिया