प्रिन्स दाहाल पेरिसमा हुने ओलम्पिक गेम्समा छनोट

ब्याडमिन्टनका स्टार प्रिन्स दाहालले इतिहास रचेका छन् । प्रिन्स यसै वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिक गेम्समा छनोट भएका छन् । प्रिन्सले आसन्न ओलम्पिकमा नेपालको तर्फबाट मेन्स सिंग्ल्समा प्रतिस्पर्धा गर्ने पक्का भएको हो । र्सल कोटाबाट प्रिन्स ओलम्पिकमा छनोट भएका हुन ।  अब ब्याडमिन्टन संघ, नेपाल ओलम्पिक कमिटि र वल्ड फेडेरेसनबीच कागजी प्रकृया पुरा भएपछि औपचारिक घोषणा हुने बताइएको छ । वल्ड ब्याडमिन्टनले सुचना जारी गर्दै एल साल्भाडोर, काजकिस्तान र नेपालले पहिलो पटक ओलम्पिकमा छनोट भएको जनाएको छ । ब्याडमिन्टन वल्ड फेडेरेसनले युनिभर्सल कोटा अन्तर्गत प्रिन्सलाई ओलम्पिकमा छनोट गरेको हो । प्रिन्सले पछिल्लो समय ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गरेका थिए । उनी जुनियरतर्फ विश्व नम्बर एक सम्म पुगेका नेपालका खेलाडी हुन् । तेक्वान्दोका दिपक विष्ट र संगिना वैद्यले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।
 

प्रतिक्रिया